बिहिबार, चैत्र १५, २०८०

पुस १० गते लाग्ने खण्डग्रास सूर्यग्रहण अप्रत्यासित घटनाक्रमको सूचक

काठमााडौं पुस ३, आगामी पुस १० गते अर्थात २०१९ डिसेम्बर २६ तारिक बिहीवारका दिन खण्डग्रास सूर्य ग्रहण लाग्ने ज्योतिषी दीपक सुवेदीले बताउनु भएको छ । नेपाली समय अनुसार विहान ०८ः४२ बजेदेखि ११ः३१ बजेसम्म जम्मा २ घण्टा ४९ मिनटको हुने प्रस्तुत ग्रहणको असरहरुको बारेमा प्रकाश पार्दै ज्यो. सुवेदीले प्रस्तुत ग्रहण संक्रमणकारक रहेको बताउँनु भएको छ ।

त्यस्तै ज्योतीष सुवेदीले सूर्य ग्रहणमा चन्द्रमा अस्त हुन्छ नै त्यसमाथि यतिबेला बुध, वृहस्पति र शनि अस्तसंगै  सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने भएकै कारण अप्रत्यासित घटनाक्रम उच्च संभावना रहेको बताएको छन ।

ज्यो. सुवेदीले  ग्रहण लाग्दा के गर्न हुन्छ र के गर्न हुन्न भन्ने बारे समाजमा व्याप्त मान्यताको बारेमा पनि उहाँले वैज्ञानिक विश्लेषण दिदै भने ग्रहण कसरी लाग्छ भन्ने विषयमा ज्योतिष विज्ञान र आधुनिक विज्ञान दुवै लजिकको तुलनात्मक चर्चा पनि गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।