मङ्लबार, बैशाख १८, २०८१

अदालतको आदेशसंगै पूर्वसभामुख महरा सभामुख निवासबाटै पक्राउ

काठमाडौ असोज १९ , जिल्ला अदालत काठमाडौले यौन दुव्र्यवहारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउको अनुमति दिएसंगै प्रहरीले पूर्वसभामुख महरालाई पक्राउ गरेको छ ।

संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा किटानी जाहेरी दर्ताभएको अदालतले पनि निजलाइ पक्राउ गर्न दिएको आदेशसंगै आज सभामुख निवासबाटै महरालाइ पक्राउ गरिएको छ ।

आज साँझ सभामुख निवासबाटै महरालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौले औपचारिक पुष्टि गर्दै यौन दुव्र्यवहार आरोपमा जाहेरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जनाएको छ ।

गत असोज १२ गते राति महराले संसद् सचिवालयमा कार्यरत रोशनी शाहीलाइ यौन दुव्र्यवहार गरेका समाचार सार्वजनिक भएसंगै महराले सभामुखबाट राजीनामा दिएका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।