मङ्लबार, बैशाख १८, २०८१

वलात्कारका आरोपी महराविरुद्ध किटानी जाहेरी दर्ता, जुनसुकै बेला पनि पक्राउ सक्छौं : प्रहरी

काठमाडौ असोज १८ , वलात्कारको आरोपलागेसंगै सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । पीडित भनिएकी महिलाले शुक्रबार महराविरुद्ध बानेश्वर प्रहरी वृत्तमा उजुरी दर्ता गराएको प्रहरी श्रोतले जनाएको छ ।

घटना लगत्तै यौन दुर्व्यवहार भएको आरोप लगाएकी ति महिलाले यसअघि पिडित महिला स्वयम प्रहरी कार्यालयमा उपस्थित भएर सुरुमा आफूमाथि महराबाट कुनै दुर्व्यवहार नभएको व्यहोरा उल्लेख गर्दै प्रहरीमा निवेदन दिएकी थिइन् । त्यसलगत्तै श्रीमानसंग सम्बन्धबिच्छेदको कानुनी प्रक्रिया अगाडि बढाएको फेसबुक मार्फत सार्वजनिक गरेका थिए ।

साथै आज घटना घटको ६ दिन पछि पीडित महिलाले आफुमाथि निर्वतमान सभामसख महराले यौन दुर्व्यवहार भएको लिखित उजुरी दर्ता गरेसंगै अव प्रस्तुत प्रकरणमाप्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।

त्यसत्तै प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएका रक्सीको बोतल, घम्साघम्सीमा भाँचिएको महराको चस्माको खुट्टा र कोठाबाट हतारमा निस्किँदा छुटेको जुत्ताको तलुवालगायत सामान प्रहरीले जाँचका लागि ती सामान प्रहरीको फरेन्सिक ल्याबमा पठाएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।