बिहिबार, चैत्र १५, २०८०

नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो : पूर्वराजा शाह

 

काठमाडौ असोज १८ , पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीका अवसरमा आज जारी गनुृ भएको शुभकामना सन्देशमा सबै नेपालीमा सुख, शान्ति र सम्वृद्धिका लागि कामना गर्नु भएको छ । त्यस्तै जारी शुभकामना सन्देशमा उहाँले ‘राष्ट्रिय सांस्कृतिक पर्व बडा दसैँ नेपाली घर आँगनमा छाएको विजया दशमीको पावन अवसरमा देश भित्र र देश बाहिर रहे बसेका समस्त नेपालीमा सुख, शान्ति र सम्वृद्धिको लागि शुभकामना व्यक्त गर्दै राष्ट्रका यावत् विधि विधान, व्यवस्था र बन्दोबस्त सर्वहितकारी हुनुपर्दछ, अनि त्यो सर्वग्राह्य पनि बन्नू पनेर्मा जोड दिनु भएको छ ।

साथै सन्देशमा पुर्खाको गाथा, पौरख र सुसंस्कृत सभ्यतालाई भुलेर जान खोज्दा कदापी भलो नहुँने बताउँदै एकले अर्कामाथि दोष थोपर्ने, जिम्मेवारी पन्छ्याउने र आ९आफ्नो कमिकमजोरीलाई ढाकछोप गरी, निषेध र विभेदको प्रकृया अपनाउने प्रवृति कुनै पनि अर्थमा राम्रो नभएको बताउँदै आफ्नो एक मात्रै चाहना र उद्देश्य देशको उन्नती बाहेक अरु केही नरहेको उनले सन्देशमा उल्लेख गर्नुभएको छ ।

त्यस्तै  सन्देशमा भनिएको छ, ‘भगवानको आशिर्वादले यो देश उत्पीडन र आतंकको नभई बुद्धि र भाइचाराको स्मारक बन्नु पर्दछ। तर राष्ट्रियता धर्मराएको, शान्ति र अमनचैन हराएको र फेरि पनि बिद्रोहको भुसको आगो भित्रभित्रै सल्कँदै गएको अवस्थाले कसैको हित हुँदैन। त्यसकारण प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्यविधिभन्दा सम्याउने, सुल्झाउने, सच्याउने र राष्ट्रिय आदर्श बमोजिम समझदारीका साथ अघि बढ्ने अटुट प्रयत्न हुनुपर्दछ। नेपाल हाम्रो हो, हामी नेपाली हौँ र नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो भन्ने कुरा हामीले बुझ्नै पर्ने हुन्छ।’ भन्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।