मङ्लबार, बैशाख १८, २०८१

ललिता निवास प्रकरणमा ३ दर्जनलाई कारबाही गर्न आवश्यक रहेको सीआईबीको निष्कर्ष

काठमाडौं असोज ७,  प्रहरीले बालुवाटारस्थ्ति ललिता निवास र त्यसले चर्चेको कारिब ११४ रोपनी जग्गा हिनामिनामा संलग्नमाथि ठगी कसूरमा कारबाही गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन ल्याउन लागेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले ६ महिना लामो छानबिनपछि अन्तिम रुप दिन लागेको प्रतिवेदनमा ‘भूमाफिया’ किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी, ललिता निवासका तत्कालीन भोगाधिकारी रक्मशमशेर राणा तथा उनका दुई भतिजा हाटक शमशेर र हेमाद्रीशमशेरसहित ३ दर्जन व्यक्तिलाई कारबाही गरेर जग्गा फिर्ता ल्याउनुपर्ने औंल्याएको खवर आजको कान्तिपुर दैनिकमा मातृका दाहालको वाइलाइनमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।