शुक्रबार, चैत्र १६, २०८०

घटस्थापनाका दिन सार्वजनिक बिदा दिन माग

काठमाडौं असोज ७, क्षत्री समाज नेपालले बडादशैँको पहिलो दिन घटस्थापनामा सार्वजनिक बिदा दिन माग गरेको छ । राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षत्री एकता आजको आवश्यकता’ भन्ने मूल नारा सहित सोमवार गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा र प्रमुख जिल्ला अधिकारी रमेशबहादुर केसीलाई ज्ञापनपत्र बुझाउँने क्रममा यस्तो माग गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

मुलुकमा पछिल्लो समयमा यो वा त्यो नाममा देखिएको यावत विकृति, विसङ्गति, विभेद्को निवारण गर्दै राष्ट्रिय स्वाभिमान एवं नेपालीबीचको एकता र सद्भाव बनाइ राख्नका लागि घटस्थापनाको दिन सार्वजनिक बिदा दिन माग गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।