मङ्लबार, बैशाख १८, २०८१

आसन्न उपनिर्वाचनका लागि दल दर्ता गराउँन आयोगको आव्हान

काठमाडौं भाद्र १६, निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दल दर्ता गराउन राजनीतिक दलहरूलाई आह्वान गरेको छ ।

आगामी मंसिर १४ गते प्रतिनिधिसभा १, प्रदेशसभा ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र ३६ जिल्ला ४१ वडाध्यक्ष चयनका लागि हुने उपनिर्वाचन प्रयोजनका लागि संविधानको द्दारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोेजिम भाद्र १६ गतेदेखि मसान्तसम्ममा उपनिर्वाचनमा भाग लिन चाहने दलहरूले आयोगमा नाम दर्ता गराउनुपर्ने आज आयोगद्दारा जारी सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै आयोगले २०७४मा सम्पन्न निर्वचनमा भाग लिदै आयोगमा दल दर्ता गराएका राजनैतिक दलले भने पुन दर्ता गराउँनु नपर्ने भएपनि यसवीचमा दुइ दल एकाकार भइ नयाँ दलको पारुपमा अस्तित्वमा आएका  र नया दल दर्ता गरिएको राजनैतिक दलले भने अनिवार्य आयोगमा दल दर्ता गराउँनु पर्ने उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।