शनिबार, बैशाख १५, २०८१

थप १ हजार ३९ जनामा कोभिड संक्रमण पुष्टि ,काठमाडौका ६ सहित थप ९ को मृत्यु

काठमाडौ भाद्र २८,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ९ हजार १६५ जनाको पीसीआर परीक्षणको क्रममा थप १ हजार ३९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पुष्टि भएको संक्रमितसंगै नेपालमा कुल संक्रमितको संख्या ५४ हजार १५९ हजार पुगेको छ ।
त्यस्तै संक्रमित मध्ये थप १ हजार १७३ जना उपचारपछि निको भएर डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ३८ हजार ६९७ सय पुगेको पनि मन्त्रालयले जनाएको छ ।साथै मन्त्रालयले देशभरका क्वारेनटिनमा ६ हजार ५३६ जना त्यसैगरी होम क्यारेनटिनमा ७ हजार ३८७ जना र संस्थागत आइसोलेसनमा ७ हजार ७३० जना रहेको जानकारीदिएको छ भने आइसीयूमा १६९ जना र भेन्टीलेटरमा २३ जनाको उपचार भइरहेको जनाएको छ ।
 
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौंका ६ सहित थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा ३ महिला र ६ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौंको ६ जना मोरङको १ महिला, सिन्धुपाल्चोकको १ जना र कास्कीको १जना पुरुषको रहेका छन । यो संगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।