बिहिबार, बैशाख १३, २०८१

६ जनाको मृत्युसंगै उपत्यकामा ५९७ जना कोभिड संक्रमित थपियो

काठमाडौं भाद्र २८,
काठमाडौं उपतयकामा थप ५९७ जना कोभिड संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पहिचान भएका कुल १ हजार ३९ जना संक्रमितमध्ये काठमाडौमा ४८३ जना, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जना गरी कुल ५९७ जनामा संक्रमण देखिएको जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार १७३ जनाले उपचार पछि डिस्चार्ज भएका छन । योसंगै डिस्चार्ज हुनेको कुल संख्या ३८ हजार ६९७ सय पुगेको छ।
 
कोभिड संक्रमणपछि गम्भीर अवस्थामा पगेका १६९ जना संक्रमितको आइसीयूमा र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाउदै मन्त्रालयले पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको जनाएको छ ।

मृत्यु हनेमा काठमाडौका ६ जना सहित थप ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंको ६ जना , मोरङको १ महिला, सिन्धुपाल्चोकको १ जना र कास्कीको १जना पुरुषको रहेका छन । यो संगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।