शुक्रबार, बैशाख १४, २०८१

पीसीआर परीक्षणको शुल्क घट्यो, अब २ हजारमा परीक्षण हुने

काठमाडौं भाद्र २८ ,
सरकारले कोभिड संक्रमण परीक्षणका लागि गरिने पीसीआरको शुल्क घटाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा.जागेश्वर गौतमका अनुसार आइतबारबाट लागू हुनेगरी सरकारले पीसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँ निर्धारण गरेको हो ।

यसअघि सरकारले ५५ सय रुपैयाँमा पीसीआर परीक्षण गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै गत भाद्र १४ गते ११ सय रुपैयाँ शुल्क घटाए ४४ सय रुपैयाँ मुल्य निर्धारण गरेको थियो ।

पछिल्लो समय पीसीआर गर्नका लागि थप २४ सय रुपैयाँ घटाउँदैअब दुई हजार रुपैयाँमा कोभिड परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । साथै सरकारले सरकारी र निजी सबै प्रयोगशालामा अब दुई हजारभन्दा बढी शुल्क लिन नपाउने गरी निर्णय गरेको प्रवक्ता गौतमले जानकारी दिनुभएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।