शुक्रबार, बैशाख १४, २०८१

उपत्यकामा थपिए ३ सय ९६ जना कोभिड संक्रमित

काठमाडौ भाद्र २३ ,

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ६११ जनाको पीसीआर परीक्षणको क्रममा थप ९०२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । आज पुष्टि भएको संक्रमित मध्ये काठमाडौंमा ३ सय, ललितपुर ३८ र भक्तपुरमा ५८ गरी ३ सय ९६ जना रहेको मन्त्तालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २८७ जना उपचारपछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ३२ हजार ९६४ सय पुगेको छ ।

त्यस्तै भेन्टीलेटरमा २३ जना र आइसीयूमा १४४ जनाको उपचार हुँदै गरेको छ भने संक्रमणबाट थप ६ जनाको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको मन्त्रालयले जनाएको छ । संक्रमणका कारण मृत्यु हुनेमा काठमाडौंका ८० वर्षीया महिला, काठमाडौकै ८५ वर्षीय पुरुष सुनसरीका ७० वर्षीय, कपिलवस्तुका ६२ वर्षीय ,पर्साका ५४ र ६० वर्षीय पुरुष रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।