बिहिबार, बैशाख ६, २०८१

आज ९०२ जनामा कोभिड संक्रमण पुष्टि हुँदै गर्दा २ हजार २८७ जना संक्रमित डिस्चार्ज

आइसीयूमा १४४ जना र भेन्टीलेटरमा २३ को उपचार हुँदै ६ को मृत्यु

काठमाडौ भाद्र २३ ,

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ६११ जनाको पीसीआर परीक्षणको क्रममा थप ९०२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको मिडिया प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज पुष्टि भएको संक्रमित संगै कुल संक्रमितको संख्या ४८ हजार नाघेको जानकारी दिनुभयो । पहिचान भएका ९०२ संक्रमित मध्ये काठमाडौंमा ३ सय, ललितपुर ३८ र भक्तपुरमा ५८ गरी ३ सय ९६ जना रहेको मन्त्तालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २८७ जना उपचारपछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ३२ हजार ९६४ सय पुगेको छ । साथै मुलुकको ७७ जिल्ल मध्ये संक्रमित शून्य रहेका जिल्ला ६ वटा छन भने ५ सय भन्दा माथि संक्रमित रहेका जिल्ला ८ वटा रहेको जानकारी दिदै क्वारेनटिनमा ५ हजार ३१० जना रहेका छन् । त्यसैगरी होम क्यारेनटिनमा ६ हजार ८१५ जना , संस्थागत आइसोलेसनमा ८ हजार ५३ जना रहेका छन् भने भेन्टीलेटरमा २३ जना छन् । त्यसैगरी आइसीयूमा १४४ जनाको उपचार हुँदै गरेको बताउनुभयो ।

त्यसैगरी नेपालमा संक्रमणबाट थप ६ जनाको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको मन्त्रालयले जनाएको छ । जसमा काठमाडौका ८० वर्षीया महिला, काठमाडौकै ८५ वर्षीय पुरुष सुनसरीका ७० वर्षीय, कपिलवस्तुका ६२ वर्षीय ,पर्साका ५४ र ६० वर्षीय पुरुष रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।