बिहिबार, चैत्र १५, २०८०

नक्कली प्रेस कार्ड ,ज्याकेट बनाउँदै विक्रि वितरण गर्दै आइरहेका ४ जना अभियुक्त प्रहरीको फन्डामा

काठमाडौ भाद्र २३ ,

गैर सञ्चार सम्वद्ध व्यक्तिलाइ गैरकानुननी रुपमा नक्कली प्रेस कार्ड र ज्याकेट बनाउँदै आर्थिक मुनाफा कमाउन पल्लकेका काठमाडौं महानगरपालिका वडा न २८स्थित बागबजारमा लक्ष्मण न्यौपानेले संचालन रहेको  कालिका प्रिन्टर्स स्पोर्टस प्रालि सम्वद्ध ४ जना लाइ महानगरीय अपराध महाशाखा मिनभवनले  पक्राउ गरेका छन ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा नवलपरासी [पश्चिम] सुस्ता बर्दघाट नगरपालिका- १३ घर भई हाल काठमाडौं रातोपुल बस्ने ३५ वर्षीय लक्ष्मण न्यौपाने, बर्दिया राजापुर नगरपालिका १० घर भई काठमाडौं कोटेश्वर बस्ने २३ वर्षीय श्रीराम खड्का, नवलपरासी [सुस्ता पूर्व] कावासोती नगरपालिका ८ घर भई काठमाडौं महानगरपालिका ३१ भिमसेनगोला बस्ने २९ वर्षीय रमेश कुमार रेग्मी र स्याङ्जा जगतत्रादेबी गाउँपालिका -घर भई हाल काठमाडौं टोखा नगरपालिका ४ धापासी बस्ने ३९ वर्षीय राजेन्द्र राज भण्डारी रहेकोजनाएके छ ।

कोभिड १९ महामारीलाई नियन्त्रण गर्न निषेधाज्ञा समेत लागू भएको अवस्थामा पक्राउ परेका अभियुक्तहरुले कालिका प्रिन्टर्स स्पोर्टसबा विभिन्न व्यक्तिहरुको नामबाट नक्कली प्रेस कार्ड र अस्पतालको नक्कली परिचयपत्र बनाईप्रति ५ सय भन्दा बढीमा कार्ड बिक्री वितरण गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले विशेष सूतचनाको आधारमा छापा मादैै प्रिन्टर्सबाट १० थान विभिन्न मिडियाहरुको नामको प्रेस आईडि कार्ड, १५ थान विभिन्न अस्पतालको नक्कली परिचयपत्र, ३ थान विभिन्न प्रिन्टिङ प्रेसको नक्कली परिचयपत्र, ३ थान सहित दर्जनौ व्यक्तिहरु समेतको नक्कली परिचयपत्र समेत बरामद गरेको छ । त्यस्तै प्रहरीले नक्कली प्रेस कार्ड बनाउन प्रयोग हुने १ थान कटर मेसिन, १ थान स्क्यानर, १ थान कम्प्युटर, २ थान प्रिन्टर, १ थान डेबुक र २० थान एफोर साईजको प्लाष्टिक पेपर र १ थान लेमिनेशन मेसिन समेत बरामद गरेको जनाउदै थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।