शुक्रबार, बैशाख १४, २०८१

कोभिड संक्रमित २हजार प्रहरी मध्ये ९५० जना उपचार पछि कोभिड मुक्त

काठमाडौ भाद्र २२
नेपाल प्रहरीका दुई हजार १ सय भन्दा बढीमा कोभिड–१९ देखिएको छ । गत जेठको पहिलो साता १ प्रहरीमा देखिएकोमा गत साउनपछि भने सङ्क्रमण दर ह्वात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी मुख्यालका अनुसार मुख्यालय परिसरमा मात्रै ३८९ जना सङ्क्रमित रहेको र उपत्यकाका विभिन्न वृत , प्रभाग  र परिसरका ६सय २४ जना प्रहरीमा सङक्रमण देखिएको जनाएको छ । त्यस्तै यसमध्ये ५सय ५८ जना अझै उपचारत रहेको प्रहरी मुख्यालयले जनाएको छ ।

त्यस्तै संक्रमण देखिएका कुल संक्रमितमध्ये प्रहरी मुख्यालको रिपोट अनुसार २ हजार १६१ प्रहरी मध्ये ९५० जना उपचार पछि कोभिड मुक्त हुँदै कार्य क्षेत्रमा परिचालित भइसेकेको थाहा भएको छ ।

साथै प्रहरी मुख्यालयबाट प्राप्त विवरणमा उल्लेख भएअनुसार प्रदेश नं १ मा ३४०, प्रदेश २ मा २५७, वागमती प्रदेशमा १००, गण्डकीमा १४३, प्रदेश ५ मा १९८, कर्णाली प्रदेशमा ७१ र सुदूरपश्चिम प्रदेशमा ३९ जनामा सङ्क्रमण देखिएको छ । र उपचारमा रहेका सबैको अबस्था सामान्य रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।