बिहिबार, बैशाख १३, २०८१

सम्झौता मुताविक मल नल्याउने दुई सप्लायर्सको सम्झौता रद्द र धरौटी समेत जफत

काठमाडौ भाद्र २२
कृषि सामग्री कम्पनीले शैलुङ इन्टरप्राइजेज प्रालिका सञ्चालक जो नेकपा अध्यक्ष प्रचण्डका घरवेटी समेत रहेका शारदाप्रसाद अधिकारी र काठमाडौँको होनिको मल्टिपल प्रालि सञ्चालक हुमनाथ कोइरालाको ठेक्का सम्झौता आइतवार रद्द गर्दै धरौटी जफत गरेको छ।

कृषि सामग्री कम्पनी र मल सप्लायर्स दुवै कम्पनी शैलुङ इन्टरप्राइजेज प्रालि र काठमाडौँको होनिको मल्टिपल प्रालिवीच २०७७ वैशाख १२ र १५ गते भएको रासायनिक मल खरिद सम्झौता अनुरुप सम्झौताको अन्तिम मिति गत भाद्र २० गते सम्झौता समयमा रासायनिक मल खरिद नगरेको भन्दै कृषि सामग्री कम्पनीले मल सप्लायर्सको वोलकवोल गरेका दुवै कम्पनीलाई कारबाही गरिएको हो ।

कृषि सामाग्री कम्पनिको आह्वान गरेको अन्तरराष्ट्रिय बोलपत्रमा नेपाली सप्लायर्सले कम रकम बोलकबोल गरेपछि २५÷२५ हजार मेट्रिक टन मल खरिद गर्न सम्झौता भएको थियो । तर दुवै कम्पनीले देशमा मलको हाहाकार भइहेको अवस्थामा सम्झौता मुताविकको को समय सिमा मात्रै नभएर थप गरिएको समयसिमा समेत कामकारवाही नगरेकै कारण सप्लायर्सलाई कालोसूचीमा राख्दै कारबाही गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ठेक्का लिएका कम्पनीले गरेको लापरवाहीलाई कारबाही गर्ने बताउनुभएको छ । उहाँले आज एक प्रेस विज्ञप्ति जारी गरी कारबाहीस्वरूप ठेक्का रद्द गरेर धरौटी रकम जफत गरिएको उल्लेख गर्नुभएको छ । जनता र राज्यलाई हानी पु-याउने खालका कुनै पनि गतिविधिप्रति मन्त्रालय सधैँ चनाखो हुने जनाउ दिनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।