बिहिबार, बैशाख १३, २०८१

वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको रथयात्रा

ललितपुर भाद्र २१ ,

बढ्दो कोभिड संक्रमणको जोखिम संगै प्रभावित हुनुको अलावा जारी निषेधाज्ञाका कारण पछिल्लो समय रातो मच्छिन्द्रनाथको मूर्तिसहितको रथ पुल्चोकमा अलपत्र अवस्थामा रहेको थियो ।

यसवीचमा आसन्न् मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलन अनुसार स्थानीयले जारी निषेधाज्ञाको अवज्ञा गर्दै रथ तान्ने क्रममा ललितपुरमा केही दिन अघि स्थानीयले प्रशासनको अनुमतिबिनै रथ तान्न थालेपछि प्रहरीसँग झडप भएको थियो। प्रहरीले रथ तान्न रोक लगाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो । भएको झडपपछि रोकिएको रातो मच्छिन्द्रनाथको रथ शनिवार क्षमा पूजा पछि आइतबार सम्भावित खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले विशेष सुरक्षा सहित आज रथालाइ सोह्रखुट्टे पाटीसम्म रथाजात्रा शुरु गरिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।