शनिबार, बैशाख १५, २०८१

काँग्रेसले बिपी जयन्तीको ३ दिने कार्यक्रम यसरी मनाउदैछ

काठमाडौ भाद्र २४ ,
नेपाली काँग्रेसले आज नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री एवम पार्टीका संस्थापक नेता बिपी कोइरालाको १०७ औँ जन्म जयन्ती विविध कार्यक्रम सहित मनाउदैछन ।देशमा बढ्दोका कोभिड संक्रमणको जोखिमका कारण अनिवार्यरुपले भौतिक दूरी र अनिवार्य मास्क प्रयोग गरेर अथवा भर्चुअलरूपमा कार्यक्रम गर्दै जननेताप्रति श्रद्धासुमन अर्पण गर्दै १०७ औ जन्म जयन्ती मनाउन आग्रह गरेको छ ।

त्यस्तै आज काँग्रेस मुख्यालमा बिपीको विचार नेपालको समुन्नतिको मूल बाटो’ विषयक कार्यक्रममा जुम प्रविधिमार्फत सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

साथै भाद्र २५ गते ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा बिपीको योगदान’ विषयक कार्यक्रम र भाद्र २६ गते तय गरिएको ‘विचार निर्माण एवं प्रचारमा वीपीको शैलीको आलोकमा अबको रणनीति’ विषयक कार्यक्रममा बौद्धिक चिन्तकद्वय नरहरि आचार्य र प्रदीप गिरी वक्ता रहनुभएको छ । जुममार्फत हुने तिनै दिनको कार्यक्रम पार्टीको फेसबुक पेज facebook.com/ nepalicongresshq/_ बाट प्रत्यक्ष प्रसारणसमेत गरिने पार्टी कार्यालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।