शुक्रबार, बैशाख ७, २०८१

अव्यवहारिक र व्यवसायी विरोधी निर्देशन सच्याउन माग

काठमाडौँ भाद्र २४ ,

नेपाली काँग्रेसले कोभिड भाइरस सङ्क्रमणको असामान्य अवस्थामा पनि सामान्य अवस्थामा जस्तै सरकारले उद्योग, व्यवसायी र करदातालाई नियमित कर विवरण तथा कर भुक्तानी गर्न दिएको दबाबप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेसको उद्योग तथा व्यापार विभागले एक विज्ञप्तिजारी गर्दै एकातर्फ महिनाभर आवागमनमा रोक लगाउने अर्कोतर्फ मसान्त सकिनै लाग्दा कर उठाउनका लागि मात्रै भाद्र २३, २४ र २५ गते बैंकहरु खुला गर्न र २५ गतेभित्रै कर विवरण तथा कर भुक्तानी गर्न दबाब दिनु अव्यवहारिक भएको ठहर भएको बताएकोछ ।

उपत्यका लगायत देशका अधिकांस क्षेत्रमा कोभिड जोखिम नियन्त्रणका लागि जारी लकडाउन तथा निषेधाज्ञाले देशको आर्थिक, सामाजिक क्षेत्रसँगै सम्पूर्ण उद्योग, कलकारखाना तथा सरकारी, निजी क्षेत्र नराम्रोसँग प्रभावित भएको अवस्थामा सरकारको यसते उद्योग, व्यवसायी र करदातालाई नियमित कर विवरण तथा कर भुक्तानी गर्न दवाव दिनु मिार्थ न्यायसंगत नभएके उल्लेख गरिएको छ ।

यसवीचमा आफ्नो जविन रक्षाका लागि सवै जनता घरभित्रै रहेका छन सम्पूर्ण कलकारखाना, उद्योगधन्दादेखि सबै कार्यालयहरु बन्द रहेको अवस्थामा सरकारले कर दाखिला गर भन्नु सर्वोच्च अदालतले जारी गरेको आदेशहरुको विरुद्धको कदम समेत भएको उल्लेख गर्दै तत्कल सरकारले आफ्नो अव्यवहारिक र व्यवसायी विरोधी निर्देशन सच्याएर निषेधाज्ञापश्चात एक महिनाभित्र करदाताले कर विवरण तथा कर दाखिला गर्ने गराउने व्यवस्था मिलाउन माग गरेको छ ।

साथै नेपाल राष्ट्र बैंकले नेपाल सरकारको राजस्व सङ्कलनका लागि बैंक तथा वित्तीय संस्थाको काउण्टर खुला गन भाद्र २५ गतेसम्म बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा र काउण्टर खुला गर्न केन्द्रीय बैंकले निर्देशन दिएपछि सम्पूर्ण उद्योगी व्यवासयी क्षेत्र आतंकित भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031