बुधबार, बैशाख ५, २०८१

आज नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीको १०७ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं भाद्र २४ ,
आज नेपाली नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा राजनीतिका शीर्ष व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको विभिन्न कार्यक्रमको आयोजना गर्दै १०७ औ जन्मजयन्ती मनाइँदै छ । काँग्रेसको केन्द्रीय कार्यालय, बिपी सङ्ग्रहालय, सुन्दरीजललगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना हुँदै गरेको थाहा भएको छ ।

विक्रम संवत १९७१ भाद्र २४ गते जन्मनुभएका कोइरालाले मुलकमा प्रजातन्त्र स्थापनाको लागि तत्कालीन जहानियाँ राणा शासनको विरोधसंगै प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण दस्तावेज सावित हुँदै आएको छ ।
त्यस्तै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदान संस्मरणिय रहिआएकोछ ।

२०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि बीपी प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।  विसं २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम पश्चात् जननिर्वाचित सरकार अपदस्त गरेर कोइराला लगागतका नेतालाई कुनै मुद्दा बिना नै आठ वर्ष सुन्दरीजल बन्दी गृहमा राखिनुभएका विपी विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएपछि कोइराला तत्पश्चात् लामो समयसम्म निर्वासनमा बस्नुभइ ८ वर्षपछि  भारतमा निर्वासित जीवन तिाउदै २०३३ सालमा मुलकमा देखिएको अनिष्ट समाप्तिका लागि राष्ट्रिय मेलमिलाप नीतिका साथ स्वदेश फकर्नुभएको थियो त्यस्तै उहाँको क्यान्सर रोगबाट २०३९ साउन ६ गते निधन भएको थियो ।

त्यस्तै नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु-याउनुभएका कोइरालाको को छ । नेपाली साहित्यक्षेत्रमा पनि दर्जनौ कृति प्रकाशित छन् । कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् बावु आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित छन् । त्यसैगरी दुई कथासङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित रहेका छन ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031