मङ्लबार, चैत्र ६, २०८०

उपत्यकाका १२७ जनासहित थप ५२५ जनामा कोभिड संक्रमण पुष्टि

काठमाडौं साउन २९ ,
देशका विभिन्न प्रयोगशालामा ९ हजार ५ सय ५९ जनाको स्वाव परीक्षणको क्रममा काठमाडौं जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा गरि उपत्यकामा १२७ जनासहित थप ५२५ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।

त्यस्तै देशभर ८ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् भने क्वारेन्टिनमा १४ हजार ७६९ जना रहेका छन् । त्यस्तै कोरोना संक्रमणबाट नेपालमा थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप १०९ जना संक्रमणमुक्त भएसंगै हालसम्म १६ हजार ८३७ डिस्चार्ज भएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।