शुक्रबार, चैत्र १६, २०८०

सिआइवीको नाममा ५ लाख ठगी गर्न खोज्ने अधिकारी पक्राउ

काठमाडौ साउन ३०,

  अख्तियारमा मुद्दा परेको मुद्दा परेको भनी व्यवसायीलाई धम्क्याई रु ५ लाख ठगी गर्न खोजेको अभियोगमा नेपार्ल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले धादिङको नीलकण्ठ नगरपालिका–४ घर भई तारकेश्वर नगरपालिकास्थित नेपालटारमा बस्दै आएका शङ्करप्रसाद अधिकारीलाइ आज पक्राउ गरेको छ ।

सिआइवीका अनुसार पक्राउ परेको अधिकारीले आफूलाई आलोचना साप्ताहिकको संवाददाता भएको बताउँदै  ती व्यवसायीलाई   पक्राउको लागि सिआईबीमा  पत्राचार भएकोले मुद्दाहेर्ने सिआईबीका ईन्सपेक्टरलाई ५ लाख रुपैयाँ दिएमा मुद्दा रद्द बनाउने नत्र कुनै पनि समयमातपाईंलाई प्रहरीले पक्राउ गर्छ भन्दै डरत्रास देखाई तथा धम्क्याई सिआईबीको नाममा रकम असूल गरी ठगी गर्न खोजेपश्चात प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

सिआइवीले यस विषयमा थप अनुसन्धान सहितको आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा पठाइएकोे जनाएको छ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।