मङ्लबार, चैत्र ६, २०८०

बढ्दो कोभिड संक्रमणको त्रास ,अत्यावश्यक बाहेक अन्य सेवा स्थगित

काठमाडौं साउन २९,
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बढ्दो कोभिड संक्रमणसंगै फैलन सक्ने जोखिमलाइ दृष्टिगत गर्दै जिप्रकाबाट नियमित प्रदान गरिने अत्यावश्यक सेवाबाहेकका अन्य सेवा तत्कालका लागि स्थगन गरेको जनाएको छ ।

प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि शुक्रबारदेखि लागू हुने गरी नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, संस्था दर्ता एवं पत्रपत्रिका दर्ता वा नवीकरण, राहदानी वितरण, नाबालक परिचयपत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवा स्थगन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा शान्ति सुरक्षासम्बन्धी सेवा, मुद्दासम्बन्धी कार्य र विपद् व्यवस्थापनसम्बन्धी कार्य भने यथावत् नै सञ्चालन हुने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु