शनिबार, बैशाख १५, २०८१

मध्यपुरथिमि नगरपालिकामा भाद्र ९ गते सम्मका लागि बन्दाबन्दीको घोषणा

भक्तपुर साउन ३२,

 बढ्दो कोभिडको जोखिमसंगै समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएको निष्कर्ष सहित मध्यपुरथिमि नगरपालिकाले आजबाट भाद्र ९ गते सम्मका लागि बन्दाबन्दीको घोषणा गरेको छ।

त्यस्तै नगर पालिका द्दारा जारी बन्दाबन्दी सूचनामा नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जना कोरोना सङ्क्रमित पुष्टि भएसंगै थग संक्रमण फैलिन नदिनका लागि बन्दाबन्दीको घोषणा गर्नु परेको उल्लेख गर्नुको अलावा स्थानीय क्षेत्रमा सञ्चालित अत्याआवश्यक सेवा अन्र्तगतका सेवा समे बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा मात्रै खोल्न दिने भएको छ ।

घोषित बन्दाबन्दीको समयमा नगरपालिका क्षेत्रभित्रका सडकमा अत्याआवश्यक बाहेकका अन्य सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाउदै सोहि क्षेत्रमा पर्ने अरनिको राजमार्गको पूर्वतर्फ हनुमन्ते नदी राधेराधेदेखि पश्चिमतर्फ जडीबुटी मनोहरा पुलसम्म कुनै पनि सवारी साधनले मानिस चढाउन र ओराल्न समेत निषेध गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।