शनिबार, बैशाख ८, २०८१

थप ६४१ जनामा कोभिड सङ्क्रमण, २ को मृत्यु

काठमाडौं साउन ३२,

पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार २ सय ४७ परीक्षण पीसीआर परीक्ष्णको क्रममा काठमाडौं उपत्यकामा १ सय ७२ सहित थप ६ सय ४१ जना नयाँ कोभिड संक्रमित थपिएका छन । योसँगै संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पहिचान भएका १ सय ७२ ज संक्रमित मध्ये काठमाडौंमा १ सय २६ , ललितपुरमा ३८, भक्तपुरमा ८ जना रहेको जनाएको छ ।

त्यस्तै मन्त्रलायले मोरङमा ९६ जना, सप्तरीमा ११, धनुषामा ३७, रौतहटमा १४ , चितवनमा २७, कास्कीमा ११, रुपन्देहीमा ५८ र बाँकेमा १० जना संक्रमित थपिएका जानकारी दिदै अहिले देशभरका अस्पतालहरुमा ९ हजार २ सय २१ जना संक्रमित आइसोलेसनमा रहेको जनाएको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा थप १ सय ३४ जना संक्रमित संक्रमणमुक्त भएको जानकारी पददै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपचार पछि डिस्चार्ज हुनेको सख्या १७ हजार ३ सय ३५ पुगेको र १५ हजार दुई सय ४३ जना क्वारेन्टिनमा रहेको बताएका छन ।  यसैवीच पछिल्ले समय सङ्क्रमणका कारण पर्साका एक पुरुष र मोरङकि एक महिलाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १सय ४ पुगेको जनाएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।