शनिबार, बैशाख ८, २०८१

कोभिड संक्रमणको हटस्पट विरगञ्जमा जारी निषेधाज्ञा कार्यान्वयनका लागि सेना परिचालित

काठमाडौं साउन ३२ ,
बीरगञ्जमा कोभिड संक्रमण न्यूनिकरणका लागि जारी निषेधाज्ञाका वावजुद पनि संक्रमितको सख्या बढ्ने क्रममा विराम नलागेपछि जारी निषेधाज्ञा कार्यान्वयनमा थप कडाइ गर्नका लागि सेना परिचालन गरिएको छ ।

पछिल्लो समय कोभिड संक्रमितको केन्द्र विन्दु बन्दै आएको  बीरगञ्जमा सेनालाई गस्तीका लागि परिचालन गरिएको जानकारी दिदै जिल्ला प्रशासन कार्यालय पर्साले बीरगन्जका जनप्रतिनिधि,व्यवसायी, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार लगायत सर्वसाधारणमा समेत संक्रमण देखिन थालेको जनाएको  छ ।

प्रशासनका अनुसार वीरगञ्जमा पछिल्लो डेटा अनुसार १ हजार २ सय ५७ जनामा संक्रमण देखिएको छ भने २२ जनाको मृत्यु भईसकेको छ । त्यस्तै गण्डक अस्थायी कोभिड अस्पतालमा ६९ जना उपचाररत रहेका मध्ये  १० जना आईसीयूमा रहेको जानकारी दिएका छन । त्यस्तै वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालको आईसीयूमा २६ सहित १सय ३ संक्रमित त्यस्तै नारायणी अस्पतालको आइसोलेसनमा ५ जनाको उपचार भइरहेको छ जानकारी दिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।