शुक्रबार, बैशाख १४, २०८१

बढ्दो प्रेसपास र ज्याकेटको दुरुपयोगसंगै प्रेस पासको चेकजाँचमा कडाइ गर्न महासंघको आग्रह

काठमाडौं भाद्र १४ ,

नेपाल पत्रकार महासंघले उपत्यका लगायत देशैभर फैलिएको कोभिड १० को संक्रमणलाई नियन्त्रण गर्न जारी गरेको निषेधाज्ञाका क्रममा काठमाडौ उपत्यकासहित देशका विभिन्न ठाँउमा कतिपयले सञ्चारकर्मीको परिचय दिई सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गरेको पक्षप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले आज एक विज्ञप्ति जारी गर्दै पत्रकारिता पेशाको प्रतिष्ठा र मर्यादामा नै धावा वोल्दै जनतालाई सूसुचित गराउने प्रयोजनका लागि दिइएको सुविधालाई कसैले पनि दुरुपयोग गर्नु गम्भीर आपत्तिको विषय भएको बताउदै पत्रकारिता पेशाभन्दा बाहिरका व्यक्तिहरुलाई आफ्नो सवारी साधनमा प्रेस लेखेर वा प्रेस ज्याकेट लगाएर हिँडडुल नगर्न आग्रह गरेको छ ।

त्यस्तै जारी विज्ञप्तिमा प्रेसपास र ज्याकेटको दुरुपयोग रोक्न महासंघले नेपाल प्रहरी लगायतका सम्बन्धित निकायलाई प्रेस उल्लेखित सवारी साधनमा सवार सबै यात्रुको प्रेस पास चेकजाँच गर्न, प्रेस पास अधिकारिक भए नभएको निश्चित गर्न र सम्बन्धित व्यक्ति पत्रकारिताको पेशागत जिम्मेवारीमा हिँडेको वा नहिँडेको निश्चित गर्न आग्रह गर्दै विनाकाम प्रेसको दुरपयोग गर्द हिडेको पाइएमा कारवाही गर्न समेत आग्रह गरेका छ ।

साथै, आम सञ्चारकर्मी र सञ्चार प्रतिष्ठनलाई पनि पेशागत कर्मका समयमा मात्रै प्रेस उल्लेख गरिएको सवारीसाधन प्रयोग गर्न, आफन्त वा साथीभाइलाई प्रेस पास नदिन र प्रेस पासको दुरुपयोग हुन नदिन सचेत रहन आग्रह गरेका छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।