शुक्रबार, चैत्र १६, २०८०

मन्त्रिपरिषद बैठक लामो तथा छोरो दूरीका यातायात र शिक्षण संस्था भाद्र मसान्तसम्म बन्द

गृहमन्त्रालयका सहसचिव   रानामगरलाई हङकङ र मकाउ तथा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव ढकाल ल्हासाका लागि महावाणिज्यदूत नियुक्त

काठमाडौं भाद्र १५ ,

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोभिड संक्रमणको जोखिम विद्यमान रहेकाले लामो दूरीका सवारी साधन र हवाई सेवा भाद्र मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। यसअघि साउन २६ गते बसेको मन्त्रीपरिषद् बैठकले लामो यातायात र हवाई सेवा भाद्र १५ सम्म बन्द गर्ने निर्णय गरे पनि आएतवारको बैठकले संक्रमणको  जोखिमलाइ दृष्टिगत गर्दै नयाँ निर्णय गरेको हो ।

कोभिड संक्रमण फैलिने क्रम नियन्त्रणमा नआउँदा लामो दूरीका यातायात र उडान सञ्चालन मिति सरकारले बारम्बार पछि सार्दै लगेको छ। भाद्र १ गतेदेखि लामो दूरीका र हवाई यातायात चल्न दिने निर्णय गरिएको थियो। तर संक्रमण बढ्दै जाँदा यसअघि भएका निणय पुन फेरिदै आएको अवस्था छ । त्यसमाथि पछिल्लो समय सरकारले उपत्यकामा भाद्र १७ सम्म निषेधाज्ञा कायम रहेको अवस्था छ ।

त्यस्तै मन्त्रीपरिषद बैठकले गृहमन्त्रालयका सहसचिव उदयबहादुर रानामगरलाई हङकङ र मकाउ तथा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव नवराज ढकाललाई ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको छ । रानामगरलाई हङकङ र मकाउ तथा ढकाललाई ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गर्ने निर्णय भएको सम्वद्ध स्रोतले जनाएको छ ।