बुधबार, बैशाख १२, २०८१

कोभिड संक्रमणका कारण उपत्यकामा मात्र ३ को मृत्यु, ४२९ जना संक्रमितको पहिचान

काठमाडौं भाद्र १४ ,
पछिल्लो २४ घण्टामा काठमाडौंमा १ महिला, भक्तपुर र ललितपुरका २ पुरुष सहित उपत्यकामा ३ जनाको कोभिड संक्रमणका कारण  मृत्यु भएको छ भने थप ४२९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ।

उपचारका क्रममा ३ जनाको मृत्यु भएको र विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ४२९ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

त्यस्तै आज पुष्टि भएका संक्रमित मध्ये काठमाडौंका ३७२ जना, ललितपुरका १२ जना र भक्तपुरका ४५ रहेको जनाउदै मन्त्रालयले आज २६७ जना संक्रमित उपचार पछि डिस्चार्ज भएको जानकारी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।