शुक्रबार, बैशाख १४, २०८१

उपत्यकामा बढ्दो कोभिड संक्रमितको यस्तो छ रफ्तार भाद्र १ गते देखि १४सम्मको [सूची सहित]

काठमाडौ भाद्र १५ ,

उपत्यकामा बढ्दो कोभिड संक्रमितको दर उच्च भएसंगै उपत्यका ३ वटै जिल्ला प्रशासन कार्यालयले जारी गरको  दोस्रो चरणको निषेधाज्ञाको क्रममा कोभिड संक्रमण थप उच्च दरमा बढेको छ। गत भाद्र ४ गतेबाट जारी निषेधाज्ञाको दोस्रो चरण अन्र्तगत भाद्र महिनाको १४ दिनमै ३ हजारभन्दा बढि संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार भाद्र १ देखि १४ गतेसम्म उपत्यकामा मात्रै थप ३ हजार ४ सय २० जनामा संक्रमण पुष्टि भएको हो।

भाद्र १ गते १६८ जना संक्रमित पहिचान भएको उपत्यकमा संक्रमितको सख्या बढेर भाद्र २ गते २०५ पुगेको छ । त्यस्तै भाद्र ३ गते १५९ संक्रमित पहिचान हुँदै गर्दा भाद्र ४ गते २सय संक्रमित थपिएको  थियो  । एवम् रितले भाद्र ५ गते संक्रमितको सख्या घटेर १८२ पहिचान हुँदै गर्दा भाद्र ६ गते फेरि बढ्दो सख्यामा २१६ जना संक्रमितको पहिचान भएको अवस्था छ ।

त्यस्तै भाद्र ७ १५६ भाद्र ८ गते २२४, भाद्र ९ गते २३२ पहिचान हुँदै गर्दा एकाएक भाद्र १० गते संक्रमितको सख्या ३ सय १ पुगेको छ भने भनद्र ११ गते ३सय ७७ पुगेको अवस्था छ । त्यस्तै भाद्र १२ गते थप ४१५ संक्रमित थपिएको उपत्यकामा एकाएक भाद्र १३ गते संक्रमितको सख्या घटेर १८६ मा झरेको थियो भने पुन भाद्र १४ गते उच्चदरमा संक्रिमितको सख्या बढ्दै ४२९ पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।