शनिबार, बैशाख १५, २०८१

उपत्यकामा बढ्दो कोभिडको कहर, जारी निषेधाज्ञा थप एकसाता लम्बिने

काठमाडौं भाद्र ९, बढ्दो कोभिड संक्रमणको उच्च जोखिमसंगै  उपत्यकामा गत साउन ३ गते राति १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअ सहितको बैठकले एक साताका लागि जारी गरेको निषेधाज्ञाको आदेशका विषयमा थप निर्णय गर्नका लागि आज तीनै वटै प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरुको बैठक बस्दै छ ।

आजको बैठक मुलत उपत्यकामा जारी निषेधाज्ञा केन्द्रीत रहने सुरक्षा अधिकारीहरुले जनाएको छ । त्यस्तै जारी निषेधाज्ञाका वीच पनि आइतवार , सोमवार र मंगवला पहिचान भएको संक्रमितको सख्यालाइ विश्लेषण गर्ने हो भने अझै दुइ साता उपत्यकामा निषेधाज्ञाा कायम राख्दै थप कडाइ गर्नु पर्ने अवस्था देखिएको छ ।

तथापी प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुख अधिकारीको आजको बैठकले साताव्यापी रुपमा जारी निषेधाज्ञाको समीक्षा गर्दै आगामी दिनमा उपत्यकालाइ सुरक्षित बनाउन आवश्यक निर्णय लिने बताउदै यसवीचमा विभिन्न क्षेत्रबाट प्राप्त राए सुझावको आधारमा थप एक साता निषेधाज्ञ थपिने प्रवल सम्भावना रहेको जनाउदै त्यसपछि स्थितीको विश्लेषण सहित अर्को निर्णय गर्ने तयारी भएको समाचार स्रोतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।