शुक्रबार, बैशाख १४, २०८१

बढ्दो संक्रमितको पहिचानसंगै उपत्यका संक्रमणको इपिसेन्टर बन्दै

काठमाडौं महानगर वडा नम्बर २१ का कांग्रेस नेता गोविन्द रञ्जितको गएराति मृत्यु

काठमाडौं भाद्र ९
देशका विभिन्न प्रयोगशालामा ११ हजार ३२७ जनामा पिसिआर परीक्षणको क्रममा थप ८५५ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलबारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंका १९९, ललितपुरका १९ र भक्तपुरका १४ गरि २३२ जना संक्रमितको पहिचान भएको छ ।

पछिल्लो समय काठमाडौं भक्तपुर र ललितपुरमा पहिचान भएको संक्रमितको सख्या र उपत्यकामा संक्रमणका कारण मृत्यु हुनेको सख्याको दिनानुदिन बढ्दो रफ्तारलाइ विश्लेषण गर्ने हो भने उपत्यका कोभिड संक्रमणको इपिसेन्टर बन्दै गएको अवस्थालाइ किमार्थ नर्कान सकिन्न । त्यस्तै उपत्यकामा गत दुइ दिन सिहचान भएका संक्रमितको सख्यालाइ हेर्ने हो भने पनि स्थिती आफैमा भयावह रहेको विज्ञहरुको भनाइ रहेको छ ।

गत आइतवार काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ गरी १६६ संक्रमित पहिचान हुँदै गर्दा संक्रमितको सख्या ह्वात्तै बढेर सोमवार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी २२४ संक्रमित थपिए। त्यस्तै आज अर्थात मंगलवार पनि सोहि रफ्तारमा बढ्दै काठमाडौंका १९९, ललितपुरका १९ र भक्तपुरका १४ गरि २३२ पुगेका अवस्था छ । प्राप्त पछिल्लो डाटा अनुसार उपत्यकामा कोभिड संक्रमितको संख्या ३ हजार ४ सय ८६ पुगेको छ ।

यद्यपी सरकारले बढ्दो संक्रमितको रफ्तार बढेसंगै उपत्यकामा निषेधाज्ञाा जारी गरेको अवस्था छ । त्यस्तै स्वास्थ्य सर्तकताका लागि अनिवार्य मास्कको प्रयोग गर्दै सावधाधानी अपनाउन आग्रह गर्दैगर्दा नागरकमा देखिएको गैर जिम्मेवारीपन र वेर्पाहका कारण स्थिती दिनानुदिन गम्भीर बन्दै गएको अवस्था छ । त्यसअर्थमा वेलैमा सजग नहुने हो भने र यहि रफ्तारमा संक्रमितको सख्या बढ्दै जाने हो भने उपत्यकाको अवस्था कोभिड संक्रमणको इपिसेन्टर बन्ने प्रवल संभावना देखिएको विज्ञरुले बताएका छन ।

यसैवीच संक्रमणका कारण काठमाडौंको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा काठमाडौ महानगरपालिका वडा नम्बर २१ का कांग्रेस नेता गोविन्द रञ्जितको गएराति मृत्यु भएको छ । नेता रञ्जितलाइ १३ दिन अघिदेखि नै ज्वरोखोकीको समस्या देखिएको भएपनि आइतवार मात्रै अस्पताल भर्ना गरिएको थाहा भएको छ । परीक्षणका क्रममा उनलाई कोभिड संक्रमण पुष्टि भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।