शनिबार, बैशाख १५, २०८१

नेकपाको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक फेरि स्थगन

काठमाडौं साउन ४ ,

सत्तारुढदल नेकपाको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगन गरिएको छ । शनिवार पार्टीभित्र सिर्जित अन्तर सघर्ष केन्द्रीत हुदै बसेको सचिवालय बैठकले मुलुकको विषम अवस्थाका कारण सिर्जित यावत समस्यालाइ लाइ सहमतिको आधारमा सम्बोधन गर्दै राष्ट्रको आवश्यकता अनुरुप अगाडि बढ्ने निर्णय भएको बताईएपनि आजको लागि तय भएको बैठक स्थगन भएसंगै फेरि पार्टी पक्तिमा अनेकन आशंका सिर्जना भएको छ ।

आज केन्द्रीय कार्यालयका सभिवद्दय श्रीराम ढकाल र इश्वरी रिजालद्दारा हस्ताक्षरित जारी सूचनाम आजको लागि तय भएको बैठक स्थगन भएको र आगामी साउन ६ गते ११ बजे प्रमको सरकारी निवास वालुटारमा स्थायी कमिटीको बैठक बस्ने जानकारी गराईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।