शुक्रबार, बैशाख ७, २०८१

देशैभर हुँदै गरेको भारी वर्षाका कारण वाढी ,पहिरोको जोखिम बढ्दो

काठमाडौं साउन ४ ,
जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभाव अन्र्तगत अजबाट ४ दिन निरन्तर देशभर अविरल वर्षा हुने सवालमा गरेको पूर्वानुमान अनुरुप अहिले धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ।

त्यस्तै मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको छ। क्रमशः नेपाल नजिक आउने क्रममा रहेकाले आज साँझदेखि वर्षाको रफ्तारले थप तिव्रता लिने बताउदै यसवीचमा बाढी पहिरो लगायतका जोखिमको अवस्था समेत रहेको जनाउ सहित सर्तकता अपनाउन विभागले यसअघिनै आग्रह गरिसकेको छ ।

वाग्मती, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश नं १, २ का एक–दुई स्थानमा हुुने भारी वर्षाको कारण विभिन्न नदीहरुको बहावमा समेत उतारचढाव आउन सक्ने भएकाले विभागले यस्तो आग्रह गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु