शनिबार, बैशाख ८, २०८१

सहायक महाप्रबन्धक जोशी सहित ६ जना पक्राउ

काठमाडौं साउन ४ ,
महानगरीय प्रहरी वृत्त कालिमाटीले कामपा वडा न १३  बाफलस्थित गाइबाच्छाबाट शनिवार साँझ साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक पंकज जोशी सहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।
प्रहरीका स्रोतका अनुसार टोलीले जुवातास खेल्दै गरेको अवस्थामा जोशी सहित ६ जनालाई नगद ६२ हजार ३ सय रूपैया र तासवुक सहित रंङ्गेहात पक्राउ गरेको बुझिएको छ। त्यस्तै प्रस्तुत प्रकरणमा पक्राउ परेका सहायक महाप्रबन्धक जोशी सहितका जुवाडे उपर थप अनुसन्धान हुँदै गरेको महानगरीय प्रहरी वृत कालिमाटीले स्रोतले जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।