शुक्रबार, बैशाख १४, २०८१

अकूत सम्पत्ति कमाएको इञ्जिनीयर शाक्यविरुद्ध मुद्दा दायर

काठमाडौ असार २५ सडक विभाग मध्यपहाडी लोकमार्ग सडक आयोजना तुल्सीपुर दाङमा कार्यरत सिनियर डिजिनल इञ्जिनीयर जितेन्द्रराज शाक्यविरुद्ध अकुत सम्पति कमाएको अभियोगमा मुद्धा दायर गरिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा इञ्जिनीयर शाक्यविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको हो

आयोगद्दारा जारी विज्ञप्तिमा इञ्जिनीयर शाक्यले १०५ वटा नक्कली कोटेशन बनाई रु ५ करोडभन्दा बढी भ्रष्टाचार गर्नुको अलावा निजको वैध सम्पत्तिको तुलनामा रु २ करोड २५ लाख चार हजार १० बराबरको सम्पत्तिको स्रोत नखुलेको अनुसन्धानको क्रममा भेटिएको उल्लेख गरिएको छ ।

साथै निजले अवैधरुपमा आर्जन गरेको सम्पत्ति श्रीमती मिथिला, छोरीहरू ज्योत्सना र उन्नतिको नाममा घर जग्गा सवारी साधन खरिद गरेको पाइएको जनाउदै आयोगले दायर मुद्धामा इञ्जिनीयर शाक्य, श्रीमती मिथिलाको नाममा रहेको सम्पत्ति जफत गरी हदैसम्मको कारवाहीको माग गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।