शनिबार, बैशाख ८, २०८१

महासंघद्दारा भारतीय सञ्चारमाध्यमको अनर्गल र कपोकल्पित सामग्री प्रसारणको कडा शब्दमा भत्र्सना

काठमाडौं असार २५ , नेपाल पत्रकार महासंघले नेपालका प्रधानमन्त्री केपी ओली र नेपालका लागी चिनियाँ राजदुत होउ यान्छीको प्रसंग जोड्दै भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेकोमा ने गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले आज एक विज्ञप्ति जारी गर्दै  भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक रहनुको अलावा भारतीय सञ्चारमाध्यमको प्रस्तुत हर्कत  पीत पत्रकारिताको नमुना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध भएको ठहर गरेको छ ।

त्यस्तै महासंघ भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचार/प्रसारको कडा शब्दमा भर्त्सना गर्दै महासंघले प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट संप्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न नेपाल सरकारको समेत गम्भीर ध्यानाकर्षण गराएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।