शुक्रबार, चैत्र १६, २०८०

उपत्यकाका ५ सहित थप १०८ जनामा कोभिड सङ्क्रमण पुष्टि

काठमाडौं असार २५ , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरिका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा नेपालमा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज पुष्टि भएको संक्रमितको सङ्ख्यासंगै सङ्क्रमितको कुल सङ्ख्या १६ हजार ५३१ पुगेको जानकारी  दिनु भयो ।

त्यस्तै उहाँले देशभरको क्वारेन्टिनमा २४ हजार ८२५ जना र आइसोलेशनमा८ हजार ६०५ जना रहेको जानकारी दिदै उपचार पछि डिस्चार्ज हुनेको सङ्ख्या ७ हजार ८९१ रहेको बताउनुभयो । त्यस्तै प्रवक्ता गौतमले सङ्क्रमितको सङ्ख्या कम भए पनि हेलचक्य्राइँ बढेकाले स्थिति भयाभह हुनसक्ने भन्दै यसप्रति सबैलाई सचेत हुन समेत आग्रह गर्नुभएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।