काठमाडौं जेठ ८ , पछिल्लो समय बढ्दो कोभिड–१९ संक्रमणको जोखिमसंगै काठमाडौं महानगरपालिका वडा न .१९का वडाध्यक्ष शशिलाल श्रेष्ठको अध्यक्षतामा वडाब्यापी कोभिड संक्रमण रोकथाम नियन्त्रण तथा ब्यबस्थापन समिति गठन गरिएको छ । समितिका अन्य पदाधिकारीमा वडासदस्यहरु चन्द्रमान डंगोल , रेणुकमल शाही, मधुसुदन प्रधान र रञ्जिता परियार रहेका छन भने समितिको सदस्य सचिवको जिम्मेवारी भने मौजुदा विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेकी रेणुकमल शाहीलाइ दिइएको छ ।
वडा स्तरिय प्रतिनिधीमुलक प्रारुपमा गठन गरिएको समितिका थप सदस्यहरुमा क्रमस निरन शाही , जितेन्द्र श्रेष्ठ , विनयबहादुर श्रेष्ठ अनिल शाही , इन्द्रमान महर्जन जिरञ्जन श्रेष्ठ नरेश शाही ,नमस्ते सायमी , हिमाल डंगोल , विजय शाही, शंकर महर्जन, मिलन शाही लगायतका रहेका छन ।
मुलत वडा क्षेत्रमा संक्रमण फैलिन सक्ने संभावनाको पहिचान गर्दै अवलम्वन गरिनुपर्ने पर्ने उपाएको कार्यान्वयन गर्दै वडा क्षेत्रमा यो वा त्यो नाममा हुने गरेको भिडभाडको नियन्त्रण , डब्लु एच ओको मापदन्ड अनुरुपको बजार व्यवस्थापन, स्वयमसेवकको परिचालन एवम् पशिक्षण स्वास्थ्य सम्बन्धी चेतना जागृत र खाद्यान्नको सहज आपुर्ति संगै नियमन गर्नुकोअलावा भोलीको दिनमा आइपर्न सक्ने थप जोखिमको अवस्था समेतलाइ दृष्टिगत गर्दै स्थानीयस्तरमा रहेको कंकेश्वरी सभाहल, सामुदायिक विद्यालय, र स्वास्थ्य क्लिनिकमा १० शैयाको पूर्वाधार सहितको क्वारेन्टाइनको व्यवस्थापन गर्ने लगायतका ९ बुदे नितिगत निर्णय गरेको छ ।
साथै आवश्यकता अनुरुपको थप उपसिमित गठनको मार्ग समेत प्रसस्त गर्दै तत्काललाइ विधागत क्षेत्रमा प्रतिनिधत्व गर्ने प्रारुपमा सामाजीक अभियन्ता मनोज नेवा खड्गी र पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झालाइ सल्लाहकारमा मनोनयन गरिएको छ ।
अपडेट: यसैवीच विस्तारित समितिको पछिल्लो संरचना अनुरुप संक्रमणको जोखिम संगै वडा क्षेत्रमा तरकारी व्यवस्थापनको लागि शंकर महर्जन र निरन शाहीलाइ क्रमस सहसंयोज र सहसंयोजकको जिम्मेवारी दिईएको समितिले जनाएको छ। त्यस्तै भविष्यमा सिर्जना हुन सक्ने थप जोखिमलाइ न्यूनिकरण गर्नका लागि आवश्यक पूर्वाधार अन्र्तगत क्वारेन्टाइन व्यवस्थापनका लागि वडा सदस्य मधुसुदन प्रधानको संयोजकत्वमा गठित समितिलाइ आवश्यक पूर्वाधार निर्माणकालागि पहल कद्मीमी लिन कार्यादेश दिइएको छ ।
साथै यसवीचमा सिर्जना हुने सक्ने जुनसुकै विपल व्यवस्थापनको लागि मौजुदा विपद व्यवस्थापन समितिका सचिव सुमन खड्गीको संयोजकत्वमा गोविन्द श्रेष्ठ सहसंयोजक र बाँकी क्षेत्र गत प्रतिनिधी रहने गरि स्वयमसेवक उपसमिति समेत गठन गरिएको । यसैगरि वडा व्यापी नागरिक चेतना जागरणका लागि वडासदस्य चन्द्रमान डंगोलको संयोजकत्वमा सुरेन्द्र शाक्य संयोजक रहने गरि अर्को उपसमिति विस्तार गरिएको छ ।
त्यस्तै समितिको बैठकले वडामा बढ्दो भिडभाड नियन्त्रणका लागि यसअघि हुँदैआएको फुटफाट तरकारी बजारीकरण लगायतका यावत क्रियाकलाप माथि रोक लगाउदै विहान ८ बजे देखि साँझ ८ बजेसम्म सवै खाधान्नका पसल खुला राख्ने निर्णय समेत गरेको बताईएकोछ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान