शुक्रबार, चैत्र १६, २०८०

लकडान प्रताडित स्थानीयका लागि नेपाल ताइवान एसोसिएसनको मनकारी सहयोग

काठमाडौ जेठ ८ , जहाँ समस्या त्यहाँ मनकारी सहयोग भन्ने निष्कर्ष लाइ व्यवाहारमा रुपान्तरण गर्दै विगत लामो समय यतादेखि राजु गुरुङको अध्यक्षतामा रहेको नेपाल ताइवान एसोसिएसन सामाजीक संस्थाको तर्फबाट काठमाडौं महानगरका विभिन्न भित्रि शहरका वडामा वसोवास गर्ने लकडान प्रताडित स्थानीय नागरिकका लागि राहत वितरण गर्ने कार्य हुँदै आएको छ ।

 बढ्दो कोभिड १९को संक्रमको यच्च् जोखिम संगै सरकारल जारी गरेको बन्दाबन्दी आदेशको आज ५९ औ दिन पुगिसेको छ । यसवीचमा दैनिक ज्यालादारी गर्ने मजदुर लगायतका   विभिन्न तप्काका विभिन्न सहयोगापेक्षीलाइ तिमीलाइ के चाहिन्छ भनेर सोध्दा उसले दाँया वाँया नहेरी भोजन माग्ने गर्दछ । हो यहि मार्मिक पक्षलाइ स्वीकार गर्दै भोकालाइ भोजन भन्ने मुल अभिष्ट सहित क्रियाशील मनकारी संस्था नेपाल ताइवान एसोसिएसनले लकडाउन मात्र नभएर अन्य प्राकृति विपत्तिको समयमा समेत राहत लगायतका प्याकेज वितरण गर्दै आइरहेका छन । यतीमात्र नभएर निरक्षरलाइ साक्षर बनाउने लक्ष्य अनुरुप काभ्रेको  मण्डन देउपुरमा स्कूल बनाउने समयमा होस वा धुर्मुस सुन्तलीको बस्ती बनाउने अभियानमा समेत  दिल खोलेर सहयोग गरेका छन ।

त्यस्तै कालिकोटकोटमा अस्पताल बनाउनका लागि मात्र नभएर बाढि पिडित नागरिकको लागि त्यस्तै अविष्कार केन्द्रका महावीर पुनको कार्य योजनालाइ थप विस्तार   गर्न लागि  त्यस्तै  महाभूकम्पको समयमा क्षतविक्षत भएका मुलकको सुगम देखि दुर्गम क्षेत्रका दर्जनौ शिक्षालय पुन निर्माणका लागि   प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग गर्दै आएका यस संस्थाले नेपालमा एक अलग पहिचान बनाउन सफल भएको छ  । सस्थमबमे   यहि सफल एवम निश्वार्थ सहयोगकै कारण नेपाल च्याप्टर समेत बनाउने योजनाका सवालमा छलफल चलिरहेको संस्था आवद्ध नेपाल स्थित सामाजीक अभियन्ताको भनाइ रहेको छ ।

 प्राप्त जानकारी अनुसार राजु गुरुङको अध्यक्षतामा  रहेको एसोसिएसनको उपाध्यक्षद्दयको जिम्मेवारीमा क्रमस राजेश श्रेष्ठ र राम पाण्डे रहनुभएको छ भने बाँकी कार्य समिति सदस्यहरुमा समीर मानन्धर, रामेश्वर दाहाल, सूर्य जैशी , कर्मा डिनभुप , मिङमा शेर्पा , देव गुरुङ , शंकर महर्जन र प्रदीप श्रेष्ठले अविराम एसोसिएसनको मर्मलाइ सार्थकता प्रदान गर्न अविचलित भूमिका निर्वाह् गर्दै आइरहेको नेपालका लागि संयोजकको जिम्मेवारी निर्वाह गर्दै आइरहेका सुवोध प्रधानले बताउनुभयो ।

त्यस्तै संयोजक प्रधानका अनुसार केदार मानसिं ,नेमेन्द्र प्रधाङ्ग  ,निर्मल श्रेष्ठ र प्रबिन श्रेष्ठले काँधमा काँध मिलाउदै एसोसिएसनको अभिष्टलाइ मुर्तता प्रदान गर्दै बुधवार कामपा वडा न १३ स्थित खुसिवयलमा ५० जना भन्दाबढि बन्दाबन्दी पिडितलाइ राहत वितरण गर्ने पवित्र कार्य सम्पन  गरेको स्थानीय समाजिक  अभियन्ता रमिला श्रेष्ठ शाक्यले बताए ।