बिहिबार, चैत्र १५, २०८०

उपत्यकाका सबै नाका ‘सिल’ गर्न गृहको निर्देशन, अवज्ञा गरे कडा कारवाही

काठमाडौं जेठ ८,  गृहमन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्न उपत्यकाका सबै स्थानीय तहलाई अनुरोध गरेको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णय अनुरुप यस्तो निर्णय गरेको हो । यसअघि वैशाख २७ गते उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर९उपमेयरहरुको साझा संस्था नगरपालिका फोरमले पनि सरकारलाई उपत्यका प्रवेशमा कडाई गर्न माग गरेको थियो ।

स्थानीय तहको माग अनुसार उपत्यका छिर्ने नाका बन्द गर्ने गरी गृहमन्त्रालयले पत्र सबै स्थानीय तहलाई पठाएको हो । गृहमन्त्रालयले उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि पठाएको पत्रमा काठमाडौँ उपत्यकाम हुँदैआएको लुकिछिपी प्रवेश समेतलाइ पूर्ण रुपमा रोक लगाउदै तत्काल सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सिल गर्न भनिएको छ।

नाका प्रवेशका स्थानीय तहलगायत काठमाडौं उपत्यकाका सबै स्थानीय तहले स्थानीय प्रशासनसँग समन्वय गरी आ९आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामूदायिक भवन र अन्य सम्भाव्य स्थललाई क्वारेन्टाइन बनाउन र त्यहाँ बस्ने व्यक्ति स्वयमले क्वारेन्टाइन खर्च भुक्तानी गर्ने गरी व्यवस्थपन गर्न समेत पत्रमा उल्लेख गरिएको छ ।  अत्यावश्यक काममा उपत्यका प्रवेश गर्नुपर्ने भएमा उपत्यका प्रवेश पूर्व स्वयं आफ्नो खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी रिपोर्ट साथ काठमाडौं उपत्यका प्रवेश अनुमतिका लागि माग गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।