शनिबार, बैशाख १५, २०८१

देशभर हावाहुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ बैशाख २८, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदली भइ वर्षाको सम्भावना रहेको जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय अवस्थामै रहेकाले सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।

देशको अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको हो । हाल पश्चिमी भूभागहरूमा बदली भइ हावाहुरी, मेघगर्जन, चट्याङसहित केही स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

यस्तो छ ३ दिने मौसम पूर्वानुमान :

बैशाख २८ गते (आईतबार)

रातीः  देशभर सामान्य बदली रहनेछ। पश्चिमी भु-भागका केहि स्थानहरु लगायत मध्य र  पुर्व  भु-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी   सहित   वर्षाको सम्भावना रहेको छ।

बैशाख २९ गते (सोमबार)

दिउँसोः  देशको अधिकांश भू-भागमा सामान्य  बदली रहनेछ। देशको पहाडि भु-भागका केही  स्थानहरु र तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।

रातीः  देशको अधिकांश भू-भागमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

बैशाख ३० गते (मंगलबार)

दिउँसोः  देशको अधिकांश भू-भागमा सामान्य  बदली रहनेछ। देशका केही  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।

रातीः  देशको पुर्वी भु-भाग लगायत मध्य पहाडि भु-भागमा सामान्य  बदली र बांकी भु-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केही स्थानहरु, मध्य भु-भागका थोरै स्थानहरु र पश्चिमी भु-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs):

पश्चिमका भू-भागका केहि  स्थानहरुमा  र मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी   सहित   वर्षाको सम्भावना रहेको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।