बिहिबार, चैत्र १५, २०८०

नेपाली भू–भागमाथि भारतीय अतिक्रमण- राष्ट्रवादको प्रश्न केवल वक्तव्यको बिषय होइन :सभापति देउवा

काठमाडौं बैशाख २८ ,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भाग बारे नेपाली कांग्रेसले सदैब प्रष्ट धारणा सहित आवश्यक भूमिका निभाउंदै आएको बताउँदै लिपुलेक प्रकरणमा कूटनीतिक र राजनीतिक रूपमा उच्चस्तरीय पहल कदमी लिन सरकारलाइ आग्रह गरेका छन् ।

सभापति देउवाले आज ३ बुँदे दृष्टिकोण सहित जारी विज्ञप्तिमा लिपुलेकको पछिल्लो प्रकरण सार्वजनिक भए लगत्तै सरकारको भूमिका केवल वक्तव्यमा सिमित रहनु र अहिले फेरि त्यही प्रवृत्ति दोहरिनु दुःखद भएको र राष्ट्रवादको प्रश्न केवल वक्तव्यको बिषय होइन, यो परिणाममुखी हुनु पर्नेमा जोड दिनु भएको छ ।

त्यस्तै विज्ञप्तिमा उहाँले सन् २०१९ नोभेम्बरमा भारत सरकारले आफ्नो देशको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका नेपाली भू–भाग समाविष्ट गरेर प्रकाशित गरेपछि तत्कालै नेपाली कांग्रेसले कडा प्रतिक्रिया जनाएको स्मरण गर्दै प्रधानमन्त्रीद्वारा आयोजित सर्वदलीय बैठकमा “भारतीय सेना रहेको कालापानी लगायतका भूमी नेपालको हो, त्यहाँबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ र सिमानाको नदी महाकाली पूर्वका हाम्रा सबै भू–भाग फिर्ता गर्न सरकारले उच्च स्तरीय कुटनैतिक र राजनैतिक पहल गर्ने पर्ने प्रष्ट धारणा साथ “त्यसका लागि नेपाली कांग्रेसको पूर्ण साथ सरकारलाई रहने” घोषणा गरेको बताउनुभएको छ ।

त्यस्तै सन् २०१५ मे मा भारत र चीनका प्रधानमन्त्रीले लिपुलेक बारे बेइजिङमा सहमति गरेपछि नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले दुबै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाएर नेपालका तर्फबाट प्रष्ट धारणा र गम्भीर असहमति प्रकट गरेको उल्लेख गर्दै ‘नेपालको भूभागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनुपर्ने विषयमा सरकारले गम्भीर कूटनीतिक पहल कदमीमार्फत समाधान खोज्न प्रक्रिया थालनी गरोस्, राष्ट्रियताको प्रश्नमा नेपाली कांग्रेसको सम्पूर्ण साथ सरकारको साथमा रहने विज्ञप्तिमा भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।