बुधबार, बैशाख १२, २०८१

नेपाली भूमि अतिक्रमण तत्काल रोक्दै कूटनीतिक पहलद्वारा समस्या समाधान गर्न महासंघको आव्हान

काठमाडौ बैशाख २८,  नेपाल पत्रकार महासंघले भारतद्वारा नेपाली भूमि अतिक्रमण गरी दार्चुलास्थित व्यास गाउँपालिका–१ को गुञ्जीदेखि लिपुलेकसम्म करीब २२ किलोमिटर सडक निर्माण गरेको घटना दुःखद् भएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले आज जारी विज्ञप्तिमा दुई देशबीच सहमति र सन्धि भई सीमाङ्कन भइसकेका अवस्थामा भारतद्वारा त्यसलाई उपेक्षा गरी एकपक्षीय ढंगबाट सडक निर्माण गरिनु दुःखद् भएको महासंघको बुझाइ रहेको बताउदै भारतको यो कदमले नेपालको सार्वभौमसत्तामा आघात पुग्नाका साथै दुई देशबीचको प्रगाढ सम्बन्धमा समेत खलल पुग्ने खतरा बढेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा महासंघले भारतद्वारा गरिएको यो अतिक्रमण तत्काल रोक्न र कूटनीतिक पहलद्वारा समस्या समाधान गरी दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।