शुक्रबार, बैशाख १४, २०८१

त्रियुगा नगरपालिका भुल्केमा थप ११ जनामा कोभिड संक्रमण , संक्रमितको सख्या ४२ पुग्यो

अपटेड साँझ ७ बजे:

काठमाडौं बैशाख ९, मुस्लिम समुदायको बाहुल्यता रहेको त्रियुगा नगरपालिका–३ भुल्के मस्जिद र र आसपासका क्षेत्रमा रहेका थप ८ जनाको विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब  परीक्षणको क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएसंगै पुन परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  पुनः परीक्षणका  लागि  पठाइएको थियो।

त्रियुगा नगरपालिका भुल्केस्थित एक मस्जिदमा रहेका १२ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोना संक्रमणको भएको पुष्टि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको हो

यसरी धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना गरि कुल११ जनामा कोरोना संक्रमण पुष्टिभएसंगै
संक्रमितको सख्या ४२ पुगेको  सह प्रवक्ता डा समिर अधिकारीले आज साँझ जारी विज्ञप्तिमा उल्लेख गर्दै संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।  त्यस्तै संक्रमितको संख्या बढेसँगै त्रियुगा नगरपालिका–३ भुल्के मस्जिद र र आसपासका क्षेत्रमा पूरै बस्तीलाइ सिल गर्दै बस्तीमा उल्लेख्य सुरक्षाकर्मी परिचालन गरिएको थाहा भएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।