शनिबार, बैशाख ८, २०८१

थप एक कोरोना सङ्क्रमित उपचारपछि डिस्चार्ज,डिस्चार्ज हुने संक्रमितको सख्या ५ पुग्यो

काठमाडौं बैशाख ९, सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक कोभिड संक्रमित पुरुष आज अस्पतालवाट डिस्चार्ज भएका छन । दुबईबाट नयाँ दिल्ली र काठमाडौँ हुँदै आफ्नो घर धनगढी पुग्नुभएका उहाँलाई कोरोना सङ्क्रमित भएको पुष्टि भएपछि उनको गत चैत ११ गतेबाट अस्पतालमा उपचार शुरु भएको अस्पतालले जनाएको छ ।
डिस्चार्ज हुनेमा ३४वर्षीय अमृत शाही भएको जानकारी दिदै यसअघि सोहि अस्पतालबाट कैलालीको लम्की चुहानगरपालिकाका २१ वर्षीय राज विक उपचार पछि गत  वैशाख ७ गते डिस्चार्ज भएको अस्पतालका अधिकारीले जनाएको छ। यो संगै उपचार पछि डिस्चार्ज हुने संक्रमितको सख्या ५ पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।