मङ्लबार, बैशाख १८, २०८१

यस्तो छ विपन्न, असहाय र दैनिक ज्यालादारी गर्ने व्यक्तिलाइ वितरित राहत सामग्री

काठमाडौ चैत २०, विश्वव्यापी कोभिड माहामारीको बढ्दो सन्त्रासका कारण नेपाल सरकारले जारी गरेको बन्दाबन्दी आदेशबाट प्रभावित भएर दैनिक जीवन सञ्चालन गर्न समस्या भएकाका विपन्न अतिविपन्न द्रनिक रोजगारीसहित आफ्नो जीवन गुजारा गर्ने व्यक्तिका लागि काठमाडौ महानगरपालिका अन्र्तगतका ३२ वटै वडामा राहत सामग्री वितरण शुरु गरेको छ ।

महानगरपालिकाको कार्यपालिकाको ४३औँ कार्यपालिका बैठकले स्वीकृत गरेको मापदण्ड अनुरुप यस अन्र्तगत रहेका ३२ वटै वडामा बसोवास गर्ने विपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई परिवार सङ्ख्याका आधारमा राहत उपलब्ध गराउन शुरु गरेको जानकारी दिदै महानगर वडा न, १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठले आफेनो वडामा पनि राहत वितरणो कार्यारम्भ भइसकेको जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले मुलुकमा कोभिड १८को संक्रमण फैलिन नपाओस भन्दै सरकारले जारी गरेको बन्दाबन्दी आदेशका कारण अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेका कारण मानिसले घर बाहिर निस्कन पाएका छैनन् । यसबेला दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि समस्या पर्ने भएकाले समस्यामा परेका सबैलाई समान प्रकारको राहत वितरणको तयारी रहेको समेत बतानुभयो ।

के छन राहत सामग्रीमा ?  

        • १ जना मात्र व्यक्तिका लागि एक किलो दाल, एक किलो नुन, आधा लिटर तेल, आधा किलो चिउरा र एक किलो तरकारी
        • दुइ देखि ४ जनाको लागि १२ किलो चामल, दुई किलो दाल, १ किलो नुन, आधा लिटर तेल, २ किलो चिउरा र तीन किलो तरकारी
        • ५ वा ५ भन्दा बढि परिवारका लागि ५ जनाभन्दा धेरै रहेछन् भने उनीहरुका लागि १६ किलो चामल, तीन किलो दाल, १  किलो नुन, १ लिटर तेल, तीन किलो चिउरा र ४ किलो तरकारीको राहत रहेको सम्वद्ध स्रोत बाट थाहा भएको छ । त्यस्तै यो राहत बन्दाबन्दी आदेश जारी रहेसम्मका लागि मात्र लागु हुने छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।