मङ्लबार, बैशाख १८, २०८१

८ रात ९ दिनसम्म मनाइने बिस्केट जात्रा औपचारिकतामा सिमित गर्न आग्रह

काठमाडौं चैत २०,  भक्तपुरमा ८ रात ९ दिनसम्म मनाइने बिस्केट जात्रा यसपटक विश्वव्यापी रुपमा फैलिएको कोभिड- १९ को उच्च जोखिमका कारण औपचारिक पूजाआजामा मात्र सीमित गर्दै मनाउँने तयारी भइरहेको छ ।

भक्तपुर नगरपालिका तथा मध्यपुर थिमि नगरपालिकाको पहलकद्मीमा जात्रा सम्वद्ध स्थानीय गुठीयारसंग यस विषयमा छलफल सहित यस्तो तयारी गरेको बुझिएको छ ।

यदि यसविचमा जारी छलफल सकारात्मक भएको अवस्थामा बिस्केट जात्रा अन्र्तगत तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको औपचारिक पूअर्चना मात्र हुनेसंभावना रहेको छ ।