शनिबार, बैशाख १५, २०८१

मेडिकल सामग्रीका मुनाफाखोर अग्रवाल पक्राउ

काठमाडौ चैत २५, ५ हजार पर्ने थर्मोमिटरलाई १५ हजारमा बिक्री गर्दै कालाबजारी गरेको अभियोगमा नेपाल प्रहरीले जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाललाई पक्राउ परेका छन् । प्रहरीका अनुसार अग्रवालले

केही दिनअघि नेवानिको जहाज चार्टर गरी कोभिड १९ संक्रमण भए नभएको पत्ता लगाउने इन्फारेड थर्मल गन र एन ९५ मास्क लगायतका मेडिकल सामग्री ल्याएको र ती सामग्री बजार मूल्यभन्दा अधिक मूल्यमा बेचेको जनाएको छ ।

कीर्गिस्तानका अवैतानिक महावाणिज्यदूतसमेत रहेका अग्रवालले मुलुकको विषम परिस्थितीमा कूटनीतिक सवारीको प्रयोग गर्दै कालोबजारीमा गरेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाको टोलीले अग्रवाललाइ ६७ थान थर्मल गन जुन १० लाख ५ हजार मूल्यमा बेच्न जाँदै गर्दा नक्सालबाट पक्राउ गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।