मङ्लबार, मंसिर २१, २०७८

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रम ओलीले भने- कोभिड- १९ को महामारी विरुद्ध लकडाउन अपरिहार्य कदम

  • आउने दुई साता नेपालीका लागि थप चुनौतिपूर्ण हुने बताउँदै चुनौतीको घडिमा थप सचेत रहन आग्रह

  • क्वारेन्टाइनमा बस्न गरिएको आग्रह ध्यान नदिएकोले चिन्ता व्यक्त

  • सातै प्रदेशबाट पोलिमरेज चेन रियाक्सन प्रविधिबाट परीक्षण शुरु गरिएको जनाउ

  • आगामी दुई साताभित्र सरकाले नयाँ विधिबाट कोरोनाको खोजी सुरु गर्ने जनाउ

काठमाडौ चैत २५ , मुलुक विश्वव्यापी महामारीकोको रुपमा फैलिएको कोभिड- १९ को दोस्रो चरणमा प्रवेश गर्दै गर्दा प्रधानमन्त्री केपी ओलीले आज राष्ट्रका नाममा सम्बोधन सार्वजनिक भएयता आम जनमानसमा नयाँ कौतुहलता सिर्जना भएको थियो ।

तर प्रम ओलीको आजको सम्बोधनमा जनअपेक्षा अनुरुप नयाँ विषयवस्तुको सम्बोधन भन्दा पनि देश र जनतालाई सुरक्षित राख्‍न सरकार लागिपरेको बताउँदै  कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको र आफु नेतृत्वको सरकाले राजनीतिक दल र सबैको सहकार्यम यसको रोकथामका लागि सिसिएमसीको संरचना कार्यान्वयन गर्दै काम गर्दै गरेको जस्ता विषयमा केन्द्रीत रहेको पाउँदा प्रमको सम्बोधन आशातिरुपमा उर्जाशिल नभएको टिप्पणी हुन थालेको छ ।

त्यस्तै उहाले सम्बोधनको क्रममा आउने दुई साता नेपालीका लागि थप चुनौतिपूर्ण हुने बताउँदै चुनौतीको घडिमा थप सचेत रहन आग्रह गर्दै आगामी दुई साताभित्र सरकाले नयाँ विधिबाट कोरोनाको खोजी सुरु गर्ने तयारी गरेको जानकारी दिदै हजारौको संख्यामा नेपालीहरु घर फर्किनु भएको छ। उहाँहरुमध्ये कतिपयले क्वारेन्टाइनमा बस्न गरिएको आग्रह र प्रबन्धहरुलाई ध्यान नदिएकोले चिन्ता थपिएको जनाउ सहित उहाँहरुलाई पुनः आग्रह छ सहित स्वघोषणा गरेर जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा जान आग्रह गर्नु भएको छ ।

त्यस्तै सम्बोधनको क्रममा प्रम ओलीले चर्को गर्मीको पर्वाह नगरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु निरन्तर खटिरहेकामा उच्च प्रशंसा गर्दै यसमा सबैको सचेततापूर्वक साथ र सहयोगको अपेक्षा व्यक्त गरेका छन । यसअघिको सम्बोधनमा आइसकेका विषय वस्तुलाइनै थप परिष्किृत गर्नु भएको छ । यद्यपी प्रम ओलीले आफ्नो सम्बोधनको क्रममा के- भने हेर्नुस यो भिडियो : 

प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रको नाममा सम्बोधन २०७६/१२/२५

प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रको नाममा सम्बोधन २०७६/१२/२५

Gepostet von Nepal Television am Montag, 6. April 2020

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031