शुक्रबार, बैशाख १४, २०८१

कोभिड- १९ संक्रमित ४९ मध्ये १२ जना उपचारपछि डिस्चार्ज , ३७ जनाको उपचार हुदै

आरडीटी’ र ‘पीसीआर’बाट कुल ४९ हजार ३३६ जनामा कोरोना परीक्षण , गर्मीयाम सुरु भएसँगै औलोको खतरा पनि बढ्यो

काठमाडौं बैशाख १३ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको ‘मिडिया ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ‘आरडीटी’ बाट ३९ हजार ६७० जनाको परीक्षण र ‘पीसीआर’बाट ९ हजार ६६६ जनाको परीक्षण सहित कुल ४९ हजार ३३६ जनामा कोरोना परीक्षण गरिएको गरिएको जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले पछिल्ले २४ घण्टामा १ हजार ९सय ४५ कोभिड परीक्षण गरिएको समेत जानकारी दिनु भएको छ । साथै सवैभन्दा बढि प्रदेश न ५ मा ७हजार ७५६ जना क्वारेन्टाइनमा रहेको छ भने सवैभन्दा कम वाग्मति प्रदेशमा एक सय ३१ जना रहेको जानकारी दिनु भएको छ भने आशोलेसनमा ८७ जना रहेको र यसमध्ये  उपत्यका ३ जना उपत्यकामा उपत्यका वाहिर ८४ जना रहेको जानकारी दिनु भएको छ ।

त्यस्तै गरि कुल संक्रति सख्या ४९ जना मध्ये १२ जना उपचारपछि डिस्चार्ज भइसकेको र ३७ जना विभिन्न अस्पतालमा उपचारमा रहेका हरुको पनि अवस्था सामान्य रहेको बताउनुभएको छ । साथै गर्मीयाम सुरु भएसँगै औलोको खतरा पनि बढेको भन्दै यसतर्फ समेत सचेत हुन आग्रह गरेको छ ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.13

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.13#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Samstag, 25. April 2020

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।